मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १८ सोमबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा आगलागीबाट ८२ लाखको क्षति

Read Time : < 1 मिनेट
२०७९ पौष १८ सोमबार १८:४०:००

उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीमा आगलागी हुँदा ८२ लाखको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब प्रहरी उपरीक्षक राकेशकुमार पोदारका अनुसार दुई घर जल्दा क्षति भएको हो।

पोदारले स्थानीय सत्रुधन थापाको गाईगोठ, गोठमा रहेको काठपराल जल्दा सात लाख र नजिकै रहेको भरत थापासमेतको इँटाले बनेको, टिनको छानो भएको दुईतले घर जल्दा ७५ लाखको क्षति भएको जानकारी दिए।

उनले भने, ‘अन्नपात, भाडावर्तन, लत्ताकपडा घरमा भण्डार गरी राखेको धसिंगारेको जडीबुटीको तेल (प्रतिलिटर नौ हजार पर्ने) अन्दाजी ६६६ लिटर जली अन्दाजी पचहत्तर लाख मूल्यबराबरको क्षति भएको छ।’

आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउँदै उनले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए।