१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ पौष १८ सोमबार ११:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन सय केजी गाँजासहित मोरङबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ पौष १८ सोमबार ११:२०:००

प्रदेश १ का पहाडी जिल्लामा अवैध रूपमा उत्पादन भएका गाँजा भारततर्फ तस्करी हुने क्रम अझै निरुत्साहित हुन सकेको छैन।

आइतबार दिउँसो मोरङ प्रहरीले दक्षिणी क्षेत्रमा पर्ने रंगेली नगरपालिका– १ बाट घरमा लुकाएर राखेको  तीन सय केजी गाँजा बरामद गरेपछि अझै पहाडी क्षेत्रमा अवैध उत्पादन भएका गाँजा तस्करी हुने गरेको खुलेको हो। धनकुटामा अवैध रूपमा उत्पादन गरेको उक्त गाँजा रंगेली नगरपालिका ल्याएर १५ वटा बोरामा स्थानीय मनोज राजवंशीको घरमा लुकाएर राखिएको थियो।

गोप्य सूचना पाएर इलाका प्रहरी रंगेलीको टोलीले तीन सय केजी गाँजासहित रंगेली– १ बबियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका– २ का २९ वर्षीय हस्त राईलाई पक्राउ गरेको मोरङका एसपी शान्तिराज कोइरालाले बताए।

उनीहरूले प्रयोग गर्दै आएको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ। धेरै नाफा हुने देखेपछि पहाडी क्षेत्रमा अवैध रूपमा गाँजा उत्पादन गरी भारत तस्करी हुँदै आएको छ। प्रहरीले पटकपटक सयौँ केजी गाँजासहित पक्राउ गरे पनि गाँजाखेती र यसको तस्करी रोकिएको छैन।