मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १८ सोमबार ०८:१३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खुलामञ्चलाई अकुपाई टुँडिखेलले पार्किङस्थल बनाउन नदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १८ सोमबार ०८:१३:००

खुलामञ्चमा पार्किङ बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काठमाडौं महानगरको निर्णयविरुद्ध अकुपाई टुँडिखेल अभियानले खबरदारी गर्ने भएको छ । अकुपाई टुँडिखेलले सोमबार सुन्धारास्थित महानगरको कार्यालय पुगेर महानगर प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र बुझाउने भएको हो ।

प्राकृतिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक स्थल तथा विपद्का वेला नागरिकको आश्रयस्थल खुलामञ्चमा महानगरले अन्डरग्राउन्ड पार्किङ बनाउनु गलत भएको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले बताए । यो स्थल काठमाडौंका हिटीहरूको प्राकृतिक रिचार्ज प्रणालीसँग समेत जोडिएको हुँदा बेवास्ता गर्नुनहुने बताए । 

महानगरको २९ कात्तिकमा बसेको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । महानगरका अनुसार अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्नका लागि खुलामञ्चमा पार्किङ निर्माण गर्न डिपिआर बनाउने निर्णय भएको हो । 

महानगरपालिकाले ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको डिपिआर बनाउने निर्णयविरुद्ध अकुपाई टुँडिखेलले ११ मंसिरमा २८ नम्बर वडाका अध्यक्ष भाइराम खड्गीलाई समेत ध्यानाकर्षण गराइसकेको छ । महानगरलाई पटक–पटक खबरदारी गर्दा पनि पेलेरै जान खोजेका कारण फेरि खबरदारी गर्न महानगर जान लागेको अभियन्ता श्रेष्ठले बताए ।