१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष १७ आइतबार १९:१४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

Read Time : < 1 मिनेट
२०७९ पौष १७ आइतबार १९:१४:००

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित भएका छन्। बैंकहरूले चर्को ब्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायीले तत्काल बैंकको ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंक्का गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन्।

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरूले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन्। 

देशकै अर्थतन्त्र असहज अवस्थामा रहेको बेला बैंकहरूले व्यावसायीहरूसँग चर्को ब्याज असुली रहेको र ऋण तिर्न दबाब दिने गरेको भन्दै उनीहरूले आइतबार आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरेका छन्।

उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुअघि पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लामा रहेका विभिन्न व्यावसायिक संघसंस्थाहरूका प्रमुख र प्रतिनिधिको उपस्थितिमा आन्दोलका कार्यक्रम घोषणा गरिएको हो। 

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बैंकहरूको अहिलेको ब्याजदरमा नियन्त्रण गरी एकल अंकको हुनुपर्ने, अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ कार्यान्वयन गर्न नहुने, पुँजीगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्नेलगायतका आफूहरूको माग रहेको बताए।
  
व्यवसायीहरूले आइतबार अर्थमन्त्री र गभर्नरलाई ज्ञपानपत्र बुझाएसँगै सोमबार जिल्लामा रहेका विभिन्न पाँचवटा संघमा आबद्ध व्यवसायीहरूले ब्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आमव्यवसायीहरूले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरू सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलनको तयारी गर्नेजस्ता कार्यक्रमहरू सार्वजनिक गरेका छन्।

विरोध कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, होटेल एसोसिएसन मकवानपुर आबद्ध छन्।