१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १७ आइतबार ११:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

२२ जुनदेखि नेपाल–अमेरिका चलचित्र महोत्सव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १७ आइतबार ११:०२:००

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण–२०२३  जुन २२ देखि २५ सम्म वासिङटन डिसीमा आयोजना हुने भएको छ । गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । 

महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवमा देखाइनेछन् ।

त्यसैगरी, वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन गरिने महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले बताए । 

महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशालासमेत आयोजना हुनेछन् ।  चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरिने कर्णिकारले बताए ।