१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १६ शनिबार १५:२५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोभिडले धरासायी भएको उड्डयन क्षेत्र लयमा फर्किने क्रममा छ : महानिर्देशक अधिकारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १६ शनिबार १५:२५:००

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले कोभिड महामारीले धरासायी हुन पुगेको उड्डयन क्षेत्र पछिल्लो समय पुरानो लयमा फर्किने क्रममा रहेको बताएका छन्। क्यानको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सन् २०२२ को नोभेम्बरसम्म गत वर्षको सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय यात्रु संख्या १०२ प्रतिशत र आन्तरिक यात्रु ५८ प्रतिशतले बढेको उनको भनाइ छ। सन् २०२२ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २९ लाख ४५ हजारले अन्तर्राष्ट्रिय यात्रा र ५६ लाख ६९ हजार आन्तरिक हवाई यात्रा गरेका छन्।

निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने सुझावसहितको प्रतिवेदन विज्ञ टोलीले दिइसकेको बताउँदै महानिर्देशक अधिकारीले परामर्शदाताले पनि निजगढ विमानस्थलको गुरुयोजना तयार गरेर पेश गरिसकेको जानकारी गराए। निजगढमा ठूला कार्गो विमानहरु उडान अवतरण गर्न सक्ने ४५ सय मिटर लम्बाईको धावनमार्ग बनाउन प्रस्ताव गरिएको छ।

अधिकारीले त्रिभुवन विमानस्थलको विस्तारबाट एयर ट्राफिक व्यवस्थापन क्षमता करीव १५ प्रतिशतले बढ्न सक्ने अपेक्षा व्यक्त गरे। त्रिभुवन विमानस्थलमा हुँदै आएको रात्रीकालीन विसान चाप न्यूनीकरण गर्न आन्तरिक विमानस्थलहरुमा वायुयानको विसान गर्ने व्यवस्था मिलाइएको छ। यस्तै, त्रिभुवन विमानस्थलको अधिक उडान चापको कारण नियमित हुने गरेको फ्लाइट डिले, डाइभर्सन तथा क्यान्सिलेसनलाई न्यूनीकरण गरी हवाई यात्रुले भोग्दै आएको समस्या निराकरण गर्न विमानस्थलमा हाल प्रतिघण्टा विमानस्थलको क्षमताको आधारमा वैज्ञानिक स्लट व्यवस्थापन प्रणाली लागू गरिएको उनले बताए। त्रिभुवन विमानस्थलमा हवाई यात्रुको लागि तीन सय थान ब्यागेज ट्रली सुविधा पनि थप गरिएको छ।

यसै वर्षको १३ अप्रिलदेखि २५ अप्रिलसम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको अध्ययन गर्दा सम्परीक्षण लागूदर हालसम्मकै उच्च अंक ७०.१० प्रतिशत प्राप्त गरेको छ। नेपालले उड्डयन सुरक्षामा राम्रो उपलब्धी हासिल गरिरहेको महानिर्देशक अधिकारीले बताए। नेपालको वायुयान चालकको इजाजतपत्र जारी गर्ने मापदण्ड यूरोपियन स्तरको तुल्याउन युरोपियन एभियसन सेफ्टी एजेन्सी (इसा)सँग सहकार्य गरी हाल सोहीबमोजिम इजाजतपत्रसम्बन्धी काम भइरहेको पनि उनले बताए। इसाको प्राविधिक टोलीले ६–८ अक्टोबर २०२२ मा नेपालको हवाई सुरक्षाको अवस्थाबारे स्थलगत मूल्यांकन सम्पन्न गरिसकेको छ ।

यस्तै, नेपाल र स्वीट्जरल्यान्डबीच सिधा हवाई सेवा सुचारु गर्ने उद्देश्यले हवाई सेवा सम्झौताको लागि अक्टोबर २०२२ मा मट्रियलमा समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए।