मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १६ शनिबार १२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज पनि मेलमिलापको आवश्यकता छ : नैनसिंह महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १६ शनिबार १२:१७:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अँगालेको मेलमिलापको नीतिको आजपनि त्यतिकै आवश्यकता रहेको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोलिटिकल डिवेड फोरमले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले बिपीका असल विचार कांग्रेसमात्र नभइ कम्युनिस्टहरूका लागि पनि उत्तिकै उपयोगी हुने बताए।

‘कांग्रेसले मुलुकमा संघीयताको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि कम्युनिस्टहरूसँग मिलेरै भए पनि तीनै तहको निर्वाचन सम्पन्न गरेको छ। यो मेलमिलाप नीतिको एउटा सुन्दर नमूना हो,’ उनले भने।

मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलले दलगत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले थपे, ‘कांग्रेस मेलमिलापकै बाटोमा थियो। प्रचण्डजीले लोकतान्त्रीक–बाम गठबन्धनलाई धोका दिनुभयो। त्यो मेलमिलापविपरित भयो।’

राजनीतिलाई सत्ता प्राप्तिको खेलमामात्र परिणत गर्दा त्यसले सही नतिजा नदिने नेता महरको भनाइ छ। अहिले नेपाली राजनीतिमा इमान्दारिताको खडेरी रहेको औंल्याउँदै नेता महरले त्यसको परिपूर्ति गर्न नेताहरूमा मेलमिलापको भावना हुनुपर्ने बताए।