मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७५ चैत २० बुधबार १७:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’का लागि कलाकारद्वारा अभ्यास खेल (तस्विरहरु)

Read Time : < 1 मिनेट
२०७५ चैत २० बुधबार १७:५६:००

धुर्मुस–सुन्तली फाउन्डेशनले आगामी चैत्र २३ गते ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

क्रिकेट खेलाडीहरुको टिमलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारतर्फकाे नेतृत्व हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् । प्रतियाेगिताका लागि कलाकारकाे टिमले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अभ्यास खेल सुरु गरेका छन् । खेलमा कालाकारिताका माध्यमबाट अभिनय तथा विभिन्न माध्यमबाट आवद्ध भएका कालाकारकाे उपस्थिती रहेकाे थियाे ।

फाउन्डेशनले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आयाेजना गर्न लागेकाे हाे । खेल हेर्नका लागि फाउन्डेशनले हजार र तीन सय दरको टिकटको व्यवस्था गरेको छ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको फाउन्डेशनले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन थप आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । 

करिव ३ अर्ब लागत अनुमान गरिएको क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको फाउन्डेशनले जनाएको छ । खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजना हुने जानकारी गराएकाे छ ।