मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १५ शुक्रबार १४:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभा सदस्यले लिए शपथ 

Read Time : < 1 मिनेट
२०७९ पौष १५ शुक्रबार १४:४३:००

सुदूरपश्चिम प्रदेश सभा सदस्यले शपथग्रहण गरेका छन्। प्रदेश सभामा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश सभाका ५२ जना सदस्यलाई शपथ गराएका हुन्।

त्यसअघि प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई शपथ गराएका थिए। थारू समुदायका ६ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिए। शपथग्रहणका लागि कतिपय प्रदेश सभा सदस्य आफ्नो मौलिक पोसाकमा उपस्थित भएका थिए।