मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष १५ शुक्रबार १०:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाई कन्स्ट्रक्सनको  ‘स्मार्ट प्रमिस अफर’

Read Time : < 1 मिनेट
२०७९ पौष १५ शुक्रबार १०:३७:००

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीलाई लक्षित गरेर हुन्डाई स्मार्ट प्रमिस योजना ल्याएको छ । योजनाअन्तर्गत नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ अवस्थामा लिँदा एक करोड ५० लाख पर्ने उपकरण ग्राहकले ६० देखि ९० लाखमै पाउन सक्नेछन् ।यसअघि तीन सय ६१ घन्टादेखि दुई हजार नौ सय ५० घन्टासम्म प्रयोग गरिएका यस्ता उपकरण अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका छन् । 

हुन्डाई स्मार्ट प्रमिसका हरेक एक्जाभेटरहरूमा नौ महिना वा हजार घन्टाको वारेन्टी रहेको छ । साथै, हुन्डाई मेन्टेनेन्स कन्ट्र्याक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, आठ महिना वा नौ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था छ । यस योजनाका मेसिनहरू हुन्डाईको काठमाडौं, हेटौँडा र बुटवल सोरुममा उपलब्ध छन् ।