सिद्घार्थ बैंक लिमिटेडले आकर्षक प्रतिफलसहित एक करोड रुपैयाँसम्मको म्यादी जीवन बिमा सुविधा प्राप्त गर्न सकिने श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा यो योजना ल्याएको हो ।
व्यक्तिगत ग्राहक वर्गलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत न्यूनतम ५० हजारमा रुपैयाँमा खाता खोल्न सकिने र यसमा ग्राहकले निक्षेप रकमको दुई गुणासम्म प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, पहिलो वर्षमा निःशुल्क युएनओ क्रेडिट कार्ड सुविधासमेत प्राप्त गर्न सकिने बताइएको छ ।
योजनाको बिमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ । ग्राहकले सिद्धार्थ बैंकका सबै शाखाबाट यो खाता खोल्न सक्नेछन् । बैंकले देशभर चार एक्सटेन्सन काउन्टरसहित एक सय ९३ वटा शाखा, दुई सय १५ वटा एटिएम, एक सय १८ शाखारहित बैंकिङमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै, बैंकले डिजिटल बैंकिङलाई जोड दिँदै अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल सुविधा पनि प्रदान गर्दै आइरहको छ ।