१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष १५ शुक्रबार १०:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकको ६.५० प्रतिशत बोनस सेयर पारित

Read Time : < 1 मिनेट
२०७९ पौष १५ शुक्रबार १०:२१:००

 प्रभु बैंकले आव ०७८/७९ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर पारित गरेको छ । यसमा लाग्ने करसमेतका लागि १.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बिहीबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले सेन्चुरी कमर्सियल बैंकको एक सय कित्ता सेयरबराबर प्रभु बैंकको एक सय कित्ता सेयर हुने गरी सेन्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्तावलाई पनि सर्वसम्मतिले पारित गरेको छ ।

  साधारणसभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी २४ अर्र्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । बोनस सेयर वितरण गर्ने निर्णय पारित भएपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुगेको छ ।