मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १४ बिहीबार १७:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुन्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’- सुपथ मूल्यमै हेभी एक्जाभेटर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १४ बिहीबार १७:३३:००

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ। 

यो योजनाअन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ। ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन्।

नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन्। यसअघि ३६१ घण्टादेखि बढीमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा छन्।

‘हुन्डाई स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरूमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टी छ। साथै, हुन्डाई मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था छ। यस योजनाका मेसिनहरू हुन्डाईको काठमाडौं, हेटौँडा र बुटवलका सोरुममा उपलब्ध छन्। ग्राहकले आफूलाई सहज हुने योजनाअनुसार लागत भुक्तानी गरी उपकरणहरू खरिद गर्न सक्नेछन्।

हुन्डाई कन्स्ट्रक्सन नेपालको हेभी निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनी हो। कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्जाभेटर’ उपकरण निर्माण गर्दछ। हुन्डाई कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको छ।