१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष १४ बिहीबार ११:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस कांग्रेस संसदीय दलको नेता चुन्दै 

Read Time : < 1 मिनेट
२०७९ पौष १४ बिहीबार ११:०२:००

नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदै छ । दलका नेताका लागि  मधेस  प्रदेश सभापति  कृष्णप्रसाद यादव र प्रदेशका पूर्वमन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् । पार्टीभित्र दलका नेतामा सहमति हुन नसकेपछि आज निर्वाचन हुन लागेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । दलको नेताका लागि  दुवैजनाले आज  १० बजेभित्र उम्मेदवारी दर्ता गराएका हुन् ।

संसदीय दलको निर्वाचनका लागि कांग्रेस पार्टीका मधेस उपाध्यक्ष चन्द्रशेखर यादको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले नेताका लागि आज ३ देखि ४ बजेसम्म मतदान हुने जनाएको छ । मतदानपश्चात् आज ५ बजेभित्रमा परिणाम सार्वजनिक हुनेछ ।

मधेस प्रदेशमा कांग्रेस २२ सिट ल्याएर दाेस्रो ठूलो दल बनेको छ । प्रदेश सभापति यादव पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् भने पूर्वमन्त्री यादव कांग्रेस नेता विमलेन्द्र निधिनिकट हुन् । कृष्णले रामसरोजलाई पार्टीको प्रदेश अधिवेशनमा सभापतिमा हराएका थिए ।