Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १३ बुधबार १२:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आरआर क्याम्पसमा झडप : अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १३ बुधबार १२:१२:००

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीनजना विद्यार्थी नेताहरू घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरूबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरूले बताएका हुन् ।

रत्नराज्य क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरूमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए।

उनले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताए ।  उनले घाइतेको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताए । सभापति शाहीले खुकुरी प्रहार गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरू आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताए ।