मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौं
२०७९ पौष १२ मंगलबार १३:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब पोलियोविरुद्धको खोप १४ हप्तामा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ पौष १२ मंगलबार १३:४६:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए।

उनका अनुसार एक वर्षमुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्ता गरी दुई मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइनेछ।

यस्तै, एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उनले बताए। उनका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउनेछन्।