मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ११ सोमबार १२:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म मन्त्री बन्ने–नबन्ने पार्टीले निर्णय गर्छ : सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ११ सोमबार १२:१२:००

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारमा जाने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै उनले आफू मन्त्री बन्ने–नबन्ने विषय पार्टीले टुंग्याउने बताए।

यद्यपि, प्रदेशमा भने जनमत पार्टीले मुख्यमन्त्रीमा दाबी गर्ने प्रस्ट पारे। ‘हामीले दाबी गरिरहेका छौँ (मुख्यमन्त्रीमा)। त्यहाँ हामीसँग निर्णायक संख्या पनि छ,’ उनले भने, ‘तर, यहाँ (केन्द्रमा) कतिखेर गठबन्धन नै बदलिदिन्छ थाहा हुँदैन।’ 

उद्योग, कृषिजस्ता जनतासँग प्रत्यक्ष जोडिएका मन्त्रालय पार्टीको रोजाइमा रहेको पनि राउतले दोहोर्‍याएका छन्। उनले भने, ‘हामीले विगत १० दिनदेखि भन्दै आएका छौँ– उद्योग, कृषिजस्ता मन्त्रालयमा बढी चासो रहेको छ।’