मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष ९ शनिबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेत घोषणापत्र जारी गर्दै पत्रकार महासंघको साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
२०७९ पौष ९ शनिबार १३:४५:००

नेपाल पत्रकार मंहासंघको केन्द्रीय साधारणसभा सुर्खेत घोषणपत्र जारी गर्दै सकिएको छ। शुक्रबारदेखि सुरु भएको साधारणसभा शनिबार सुर्खेत घोषणपत्र जारी गर्दै सकिएको हो।

घोषणापत्रमा तीनै तहका सरकार तथा राजनीतिक दलहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै सचेत गराइएको छ।  साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले बताए।

इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको भन्दै साधारणसभाले सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ। साथै, सम्वद्ध निकायहरूलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि महासंघले माग गरेको छ।

संविधानअनुसारका सञ्चार कानुनहरु तत्काल निर्माण गर्न र पुराना कानुनहरुमा सुधार ल्याउन पनि महासंघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै साधारणसभाले समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न मागसमेत गरेको छ।