मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ९ शनिबार ११:१०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

खेलको विकासलाई गिज्याइरहेका खेलकुद संरचना (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ९ शनिबार ११:१०:००

पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरुबाट स्पष्ट हुन्छ ।

नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए । यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ । तर फ्यानहरुका लागि त्यो पनि सन्तोषजनक छैन ।

दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन । हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमानेपाल पराजय व्यहोर्न बाध्य भयो । साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा निकाल्न सकेको छैन । खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन् ।

 

तस्बिर : न्युज एजेन्सी