Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७९ पौष ८ शुक्रबार १९:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बेत्रावतीमा दिवंगत आफन्तको स्मरण [तस्बिरहरू]

Read Time : < 1 मिनेट
२०७९ पौष ८ शुक्रबार १९:२९:००

नुवाकोट र रसुवाको सीमामा रहेको उत्तरगया धाममा शुक्रबार हजारौँ भक्तजनले पितृमोक्षको कामनासहित श्राद्ध गरेका छन्। 

हिन्दु धर्मालम्बीहरुले श्राद्ध गर्दै पिण्डदान र तर्पण दिएका थिए भने बौद्ध धर्मालम्बीहरुले पनि उत्तरगया क्षेत्रमा आएर पितृको स्मरण गर्दै मोक्षको कामना लामाहरुले मन्त्र वाचन गरेका थिए। शुक्रबार बिहानैदेखि सुरु भएको श्राद्ध गर्नेको घुइँचो दिनैभरी थियो। 

विगत्को वर्षहरुभन्दा यो वर्ष श्राद्ध गर्नेहरुको घुइँचो बढेको स्थानीय गोसाइकुण्ड युवा क्लबका सल्लाहकार सुरज लबटले बताए।

‘पछिल्लो केही वर्ष कोभिडको कारण श्राद्ध गर्न आउनेको संख्यामा कमी आएको थियो। तर, यो वर्ष उल्लेख्य संख्यामा श्राद्ध गर्नेको संख्या बढेको छ। १२ हजारभन्दा बढीले श्राद्ध गरेका छन्’ लवटले भने। 

बेत्रावती क्षेत्रमा रहेको उत्तरगया धाममा हरेक वर्ष पौष कृष्ण औंसीको दिन पितृको नाममा श्राद्ध गर्दै पिण्डदान र तर्पण गर्ने गर्दछन्। 

आमाबाबु नभएकाहरुले जीवनमा एक पटक भए पनि उत्तरगयामा श्राद्ध गरेका पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास छ। हिन्दकुश क्षेत्रका चार गयामध्ये उत्तरगया पनि एउटा गयाको रुपमा परिचित रहेकोले यहाँ श्राद्ध गर्नेहरुको हरेक वर्ष घुइँचो लाग्ने गरेको स्थानीय अष्टमान डंगोलले बताए। 

देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगमस्थल उत्तरगयामा पौषे कृष्ण औँसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो।