Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २० बुधबार ०७:१३:००
Read Time : < 1 मिनेट
साहित्य

पोेखरा : हिजो र आज विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २० बुधबार ०७:१३:००

पोखराका अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यको तस्बिरप्रधान नयाँ कृति ‘पोखरा : हिजो र आज’को मंगलबार विमोचन भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालले सोमबार पोखरामा आयोजना गरेको कार्यक्रममा गण्डकी  प्रदेश प्रमुख बाबुराम कुँवरले पुस्तक विमोचन गरे ।

प्रदेश प्रमुख कुँवरले भावी सन्तानलाई पोखराबारे अध्ययन गर्न पुस्तकले सघाउने बताए । विभिन्न कालखण्डको पोखराबारे जानकारी पाइने भएकाले पुस्तक एउटा गतिलो अभिलेख बन्ने उनको भनाइ छ । उनले भने, ‘पोखरालाई पढ्न, बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी छ, सही समयमा सही पुस्तक निकाल्नुहुने स्रष्टालाई बधाई छ !’ 

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा जानकारीका लागि पुस्तक उपयुक्त रहेको बताइन् । पुस्तकले पोखराका विविध पक्षको जानकारी दिएको उनको भनाइ छ । उनले पोखरा आउने स्वदेशी तथा विदेशी पाहुनालाई महानगरका तर्फबाट उपहारस्वरूप यो पुस्तक दिने व्यवस्था गर्ने बताइन् ।

शाक्यले करिब चार दशकदेखि खिचेका चार सयभन्दा धेरै स्थानका पुराना र नयाँ तस्बिर पुस्तकमा राखेका छन् । फोटो पत्रकार शाक्यले नौ वर्षको कडा मिहिनेत र विभिन्न चुनौती सामना गरेर पुस्तक तयार गरेको बताए । पुस्तकमार्फत पहिले र अहिलेको पोखराबारे जानकारी पाउन सकिने उनको भनाइ छ ।