मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ८ शुक्रबार १६:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘मधेसी भाषा’मा शपथ गराएकोमा संसद् सचिवालयसँग आयोगले माग्यो स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ८ शुक्रबार १६:०८:००

मधेसी आयोगले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूलाई ‘मधेसी भाषा’मा शपथ लिन मान्यता दिएको विषयमा संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ।

बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत केही सांसदले मधेसी भाषामा शपथ लिएका थिए। भाषा आयोग र मधेसी आयोगमा सूचीकृत नै नरहेको ‘मधेसी भाषा’मा शपथ लिएको भन्दै संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधिएको हो। आयोगकी उपसचिव सविता डंगोलले सो भाषामा शपथ लिन कुन आधारमा मान्यता दिएको हो भन्दै संसद् सचिवालयलाई पत्र पठाइएको जानकारी दिएकी छिन्।

सूचीकृत नै नभएको भाषामा लिएको शपथलाई मान्यता दिँदा विद्यमान अन्य भाषाहरूमाथि नकारात्मक प्रभाव पर्ने भन्दै आवश्यक कारबाही गर्न आवाजहरू उठेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताए।