मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार

बुटवलका वडा सचिव अख्तियारको नियन्त्रणमा

बुटवल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १२:१०:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडा नम्वर १३ का वडा सचिवलाई नियन्त्रणमा लिएको छ ।


बुटवल कार्यालयका प्रमुख रविलाल पन्थका अनुसार सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले वडा सचिव भरतकुमार काउचालाई नियन्त्रणमा लिएको हो ।


सोमबार घुस सहित सप्रमाण पक्राउ परेका काउचाका बारेमा अनुसन्धान भइरहेको प्रमुख पन्थले बताए । काउचासँग खानतलासी जारी रहेकाले कति रकम बरामद भयो भन्ने अझै स्पष्ट भईनसकेको पन्थले जानकारी दिए ।