१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सांसद राजेन्द्र बजगाईं ।
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार २२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसदको तलबभत्ता विपतपीडितलाई खर्चने बजगाईंको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार २२:४२:००

गोरखा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र बजगाईंले सांसदबापत पाउने तलबभत्ता आफ्नो क्षेत्रका विपतमा परेका नागरिकका लागि खर्च गर्ने घोषणा गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनले यस्तो घोषणा गरेका हुन् । ०७२ को भूकम्पले ठूलो क्षति पु¥याएको गोरखामा पछिल्लो समय गत असारमा बाढीपहिरोले पनि सास्ती दिएको थियो । 

‘गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रेखदेख पुगोस् भन्ने अभिप्रायको निरन्तरता आज एक सांसदको रूपमा शपथ लिँदै गर्दा मत मागिरहेको वेला लिएको शपथ सम्झेको छु । मैले सांसदको रूपमा पाउने तलबभत्ता गोरखा १ मा विपत्मा परेकाहरूका लागि खर्चिने घोषणा गरेको छु,’ बजगाईंले भने ।