१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा. राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार १६:५८:००

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वमभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने उनको तर्क छ। ‘हामीसँग संख्यात्मक रूपमा राम्रो संख्या छ। हामी निर्णायक भूमिकामा छौँ। मधेस प्रदेशमा नेतृत्वको दाबी छ। हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा,’ उनले भने।

अध्यक्ष रावतले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको उल्लेख गरे। अध्यक्ष राउतले मधेसमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने बताए।

‘हाम्रो मेन एजेन्डा सर्भिस डेलिभरी हो। शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा रहनेछन्। शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान छ,’ उनले भने।