१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार ०९:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मानव अधिकार चलचित्र महोत्सवमा ‘फोर नाइट्स’ उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार ०९:४१:००

१०औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्फ दीपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै, डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरियो । यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् । 

बंगलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिंक्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट भयो । त्यस्तै, अन्तर्राष्ट्रिय ननफिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट ठहरियोे । यी दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ हात परेका छन् ।

महोत्सवको १०औँ संस्करणमा २५ देशका ६४ फिल्म प्रदर्शन गरियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित पुस ३ देखि ६ सम्म राजधानीको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरू प्रदर्शन गरिएका थिए ।