मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष ६ बुधबार १९:५५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभा सदस्यको शपथ १४ पुसमा

Read Time : > 2 मिनेट
२०७९ पौष ६ बुधबार १९:५५:००

गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ मा शपथ गराइने भएको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको निवास सिमलचौरमा शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेश सभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित मित्रलाल बस्याल छन्। ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेश सभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने उनले बताए।  

१८ पुसभित्र अधिवेशन आह्वान गर्नुपर्ने

निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा सगै घोषणा गरेको मितिले २० दिन भित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्नेछ। प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्नेछ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो।  

यस्तो छ दलगत अवस्था

६० सदस्य गण्डकी प्रदेश सभाका लागि ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन मार्फत निर्वाचित भएकाछन्। निर्वाचित ६० जनामध्ये पुरुष ३९ जना (६५ प्रतिशत) र महिला २१ जना (३५ प्रतिशत) छन्।

६० सदस्य मध्ये २७ सदस्य जितेको कांग्रेस गण्डकी प्रदेश सभामा सबैभन्दा ठुलो दल बनेकाे छ। र्सले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ नौ सिट जितेको छ। २२ सदस्यसहित दोस्रोमा एमाले छ। प्रत्यक्षतर्फ १२ र समानुपातिक तर्फ १० सिट गरी २२ सिट जितेको छ। आठ सिट रहेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ पाँच र समानुपातिकमा तीन सिट जितेको छ।  

प्रत्यक्षमा कुनै सिट नजितेको राप्रपाले समानुपातिकमा दुई सिट जितेको छ भने मनाङको १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भएका थिए। हाल उनी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार    

६० सदस्य प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुरयाउन ३१ सदस्य आवश्य रहन्छ। हाल प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेको भएपनि कुनै एक दलको बहुमत भने छैन। एक दलको बहुमत नरहेका कारण गण्डकीमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बन्ने निश्चित छ।

चारजना सदस्य दोहोरिए     

गण्डकी प्रदेश सभामा निर्वतमान चार जना सदस्य पुनः दोहोरिएका छन्। उनीहरुमध्ये एक जना निर्विरोध र तीन जना निर्वाचन मार्फत विजयी भएका हुन्। गण्डकीका १८ निर्वाचन क्षेत्रमा रहेका ३६ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका २३५ जना मध्ये ११ जना निवर्तमान सदस्यहरु रहेका थिए। ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ जना सामानुपातिक बाट निर्वाचित हुने व्यवस्था रहेको छ।

प्रत्यक्षतर्फ ११ जना सगै समानुपतिक तर्फ एक जना गरि १२ जना पुनः प्रदेश सभा सदस्य हुने दौडमा रहेका थिए। प्रत्यक्ष तर्फको दौडमा रहेका ११ जना मध्ये चार जनाले बाजी मार्न सफल भएका छन् भने अन्य सात जना पराजित भएका थिए। 

३६ निर्वाचन क्षेत्र मध्ये मनाङको १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भएका हुन्। ०७४ सालमा समेत सोही क्षेत्रबाट निर्वाचित गुरुङ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 

०७४ सालको निर्वाचनमा कास्की २ (ख) बाट निर्वाचित गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका काग्रेसका विन्दुकुमार थापा, तनहुँ १ (ख) बाट निर्वाचित माओवादीका हरिबहादुर चुमान र नवलपुर १ (ख) बाट एमालेका रोशन बहादुर गाहा थापा गरि चार जना पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।