मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रंजन भण्डारी
२०७५ मङ्सिर २४ सोमबार ११:४२:००
Read Time : < 1 मिनेट
प्रवास

कतारमा ज्यान गुमाएका ठाकुरको परिवारलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
रंजन भण्डारी
२०७५ मङ्सिर २४ सोमबार ११:४२:००

गत वर्ष कतारमा सडक दुर्घटनामा परि ज्यान गुमाएका मनरा महोत्तरी सिस्वा नगरपालिका –१० मरुवाहीका मृतक मंगल ठाकुरको परिवारलाई हेल्प मधेशी कतार नामक संस्थाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक विपन्नताले घर परिवार चलाउन समस्या भएपछि हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादवसहितका पदाधिकारीहरु मृतक ठाकुरको घरमै पुगि २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । रकम मृतकको बुहारी संगिता देवी ठाकुरले ग्रहण गरेकी हुन् । उक्त रकम हेल्प मधेशी कतार च्याप्टरको सहयोगमा पठाइएको हो ।

वैदेशिक रोजगारीमा रहेका युवाहरुले प्रत्येक महिना एक एक रियालको दरले संकलन गर्ने गर्छन् । सोही रकमबाट स्वदेशमै वा विदेशमा ज्यान गुमाएका वा आर्थिक रुपमा विपन्नहरुको सहयोग गर्दै आएको हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादवले वताए । पीडित र दुःखीको अनुहारमा थोरै मुस्कान छर्न हेल्प मधेशीको सानो प्रयास मात्र भएको उनले बताए ।

आर्थिक सहयोग गर्न हेल्प मधेशी नेपाल च्याप्टरका सचिव अमरनाथ साफी, सदस्य संजय यादव, सेवक हरेराम यादव, अर्चना साह, हेल्प मधेशी साउदीका केन्द्रीय कोषाध्यक्ष राजमण्डल र अलुसेमि दलानसहित उप प्रमुख संजिव दास समेत पीडितको घर पुगेका थिए ।