मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ पौष ४ सोमबार २२:३३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिविको सरस्वती बहुमुखी क्याम्पसमा साताव्यापी खेलकुद

Read Time : < 1 मिनेट
२०७९ पौष ४ सोमबार २२:३३:००

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले ६४ औँ वार्षिकोत्सवको अवसर पारेर साताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको छ। 

आगामी १० पुसमा क्याम्पसले ६४ औँ वार्षिकोत्सव मनाउँदै छ। त्यसकै अवसरमा सोमबारदेखि खेलकुद कार्यक्रम सुरु भएको हो। 

विद्यार्थीहरूका लागि शारीरिक, मानसिक रूपमा तन्दुरुस्त राख्नका लागि खेलकुद आवश्यक रहेको र अध्ययनको महत्वपूर्ण भाग भएकाले कार्यक्रम आयोजना गरेको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले बताए। 

विद्यार्थी ‘रिफ्रेस’ भएमा पठनपाठनसमेत राम्रो हुने उनले बताए। क्याम्पसले बास्केटबल, भलिबल, फुटसल, चेस, ब्याडमिन्टन, टेबुलटेनिसजस्ता कार्यक्रम आयोजना गरेको छ। सोमबार पहिलो दिन टेबुलटेनिस र चेस कार्यक्रम सञ्चालन भएको थियो।