१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३ आइतबार १४:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३ आइतबार १४:५५:००

नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। 

पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ। बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको ढकालले बताए। 

माओवादी केन्द्रले समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र लिएपछि दलको नेता चयन गर्ने तयारी गरेको थियो। निर्वाचन आयोगले आज प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। प्रतिनिधिसभामा माओवादीको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद छन्।