मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २ शनिबार २०:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीले बोलायो पदाधिकारी बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २ शनिबार २०:१३:००

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने महासचिव देव गुरुङले जानकारी दिए। 

महासचिव गुरुङका अनुसार बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुनेछ।

माओवादीमा संसदीय दलको नेता चयनमा विवाद देखिएको छैन, तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएका छन्। कांग्रेसले भने आफू सबैभन्दा ठूलो पार्टीको हैसियतमा कांग्रेसले प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ।