मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष २ शनिबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शनिबार मदिरा पसलअगाडि सरकारी सवारीकाे ताँती 

Read Time : < 1 मिनेट
२०७९ पौष २ शनिबार १७:५१:००

रौतहटको गुजरा नगरपालिकाको सरकारी गाडी आज शनिबार रौतहटको नुनथर क्षेत्रको मदिरा पसलअगाडि फेला परेको छ।

ना १ झ १६२६ र प्रदेश २–०३–००१झ ००२१ नम्बरको गाडी रौतहटको पर्यटकीयस्थल नुनथरमा रहेको मदिरा पसलअगाडि दिनभर देखियो। 

शनिबारको दिन मदिरा सेवन गर्न गएका कर्मचारी मदिरा पसलमा रमाइलाे गरिरहेका थिए। सो विषयमा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बनेका अहेब विनोदकुमार जयसवालसँग बुझ्दा उनले गाडीको विषयमा आफूलाई थाहा नभएको र उपमेयरले गाडी नुनथर लगेको बताए। तर, जयसवाल स्वयं ननुथरमै मदिरा सेवन गरेर बसेका थिए।

शनिबार सो नगरपालिकाका अधिकांश सरकारी नम्बर प्लेटका मोटरसाइकलसमेत नुनथरमै थिए। सो विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको फोन उठेन।