मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १ शुक्रबार २०:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चर्को दबाबपछि ३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १ शुक्रबार २०:२२:००

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ। 

शनिबार रातीबाट लागू हुने गरी मुल्य घटाएपछि उपभोक्ताले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल समान १७५ रुपैयाँ प्रतिलिटरका दरले खरिद गर्न पाउनेछन्।

गत असोजदेखि निरन्तर मूल्य घटेर आएकाले निगमलाई यसपटक मुल्य घटाउन चर्को दबाब थियो। मूल्य घटाएपनि निगमलाई अझै १९ अर्ब रुपैयाँ इण्डियन आयल कर्पोरेसनको बक्यौता रहेको प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए।