Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १ शुक्रबार ०८:०९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १ शुक्रबार ०८:०९:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबार पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत भएको जनाएको छ । प्रभाकर गत सोमबार बिहान भारत फर्केका थिए । प्रभाकरले भारतबाटै क्यानलाई राजीनामा पत्र पठाएका हुन् । 

क्यानले आइसिसी विश्वकप लिग २ मा नेपालको प्रदर्शन खराब भएपछि प्रशिक्षक प्रभाकरसँग गत आइतबार राजीनामा मागेको थियो । त्यसको भोलिपल्टै (सोमबार) उनी भारततर्फ लागेका थिए । क्यान र प्रभाकरबीच एक वर्षको सम्झौता भएको थियो । तर, क्यानसँगको सम्झौता पूरा नहुँदै प्रभाकरले पदबाट राजीनामा दिएका हुन् । उनको प्रशिक्षणमा खेलाडीबीच गुटबन्दी मौलाएको थियो । खेलाडीसँगको सम्बन्धदेखि प्रदर्शनसम्म प्रभाकरले सुधार गर्न सकेनन् । 

गत साउनमा पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । भारतका पूर्व अलराउन्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको थियो । 

नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा प्रभाकरले गतिलो नतिजा दिलाउन सकेनन् । यसै महिना नेपालले नामिबियामा आइसिसी विश्वकप लिग २ को सिरिजमा एउटै खेल जित्न सकेन ।  प्रभाकरको प्रशिक्षणमा नेपालले तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि केन्या भ्रमण गरेको थियो । नेपालले केन्यालाई टी–२० मा ३–२ ले र एकदिवसीयमा ३–० ले हराएको थियो ।