Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७५ चैत १९ मंगलबार १५:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सर्वोच्च अदालतमा पाँच, उच्च अदालतमा १८ न्यायाधीश सिफारिस

Read Time : < 1 मिनेट
२०७५ चैत १९ मंगलबार १५:१९:००

न्यायपरिषदको मंगलबार बसको बैठकले सर्वाेच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिका लागि सिफारीस गर्ने निर्णय गरेको छ ।

न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्चको रिक्त पाँच न्यायाधीशमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना, सुर्खेत उच्च अदालतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, बरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता डा मनोजकुमार शर्मा रहेका छन् ।

सिफारिस भएका न्यायाधीशकाे नाम अनुमाेदनका लागि संसदीय सुनुवाईमा छलफल हुनेछ ।

उच्च अदालतमा १८ न्यायाधीश सिफारिस
बैठकले उच्च अदालतको न्यायाधीशमा १८ जनालाई नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ । सिफारिस हुनेमा विशिष्ठ श्रेणीका किरण शर्मा, महेन्द्रनाथ उपाध्याय र रमेश ढकाल रहेका छन् । शर्मा नायव माहान्यायधिवक्ता, उपाध्याय सर्वाेच्चका रजिष्ट्रार, ढकाल सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव हुन् ।

त्यसैगरी उच्च अदालतको न्यायाधीशमा सिफारीस हुने निलम पौडेल साविक पुनरावेदन अदालतकी अतिरिक्त न्यायाधीश थिइन् । जिल्ला अदालतका न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मदजेनद आजाद, बालमुकुन्द दवाडी र नागेन्द्रलाल कर्ण गरी ६ जना उच्चका लागि सिफारिस भएका छन् । 

अधिवक्ताबाट उच्च अदालतको न्यायाधीशमा ७ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा अधिवक्ताहरु जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ला र नवराज थपलिया रहेका छन् । 

बैठकले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशराज पौडेलले आगामी बैशाख ३ गते अवकाश पाउने भएकाले सोही मितिबाट नियुक्ति पाउनेगरी अधिवक्ता अन्जु उप्रेती ढकाललाई सिफारीस गर्ने निर्णय पनि गरेको छ ।