मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रोहितराज पराजुली
२०७५ चैत १९ मंगलबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार

सबै सेवा–सुविधा सामाजिक काममा

Read Time : < 1 मिनेट
रोहितराज पराजुली
२०७५ चैत १९ मंगलबार ११:४०:००

गण्डकी प्रदेशका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको विषय जनस्तरमा आलोचना भइरहेका वेला यहाँकै एक सांसदले भने आफूले पाएका सबै सेवा– सुविधा सामाजिक काममा खर्च गरेका छन् । कास्की निर्वाचन क्षेत्र २ ‘ख’ का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले १२ महिनाको तलब, बैठक भत्तासँगै अन्य सेवा सुविधामा तीन लाख ५४ हजार ५ सय २७ रुपैयाँ रकम थपेर सामाजिक काममा खर्च गरेका हुन् ।

माघ ०७४ देखि माघ ०७५ सम्म  प्रदेश सभाबाट पाएको तलब, सुविधा ७ लाख ९ हजार एक सय ३५ रुपैयाँमा उनले ३ लाख ५४ हजार पाँच सय २७ रुपैयाँ थपेर १० लाख ५४ हजार ६ सय ५५ रुपैयाँ सामाजिक काममा खर्च गरेका हुन् । प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सोको जानकारी दिएका छन् ।

थापाले आफ्नो निर्वाचन क्षेत्रसँगै कास्कीका विभिन्न २२ वटा संघ–संस्थालाई खानेपानी ट्यांकी निर्माण, कुर्सी टेबुल, बालबालिकालाई न्यानो कपडा वितरण, विद्यालयमा अक्षयकोष स्थापना, नौमती बाजा खरिद, खेल सामग्री, मन्दिर निर्माण, अस्थायी पुल निर्माण, ट्रस्ट निर्माण, विपन्नलाई सिलाइ मेसिन खरिद, आर्थिक सहयोगलगायतमा रकम खर्च गरेको जानकारी दिए । निर्वाचनका वेला सेवा–सुविधा नलिने भनेर गरेको प्रतिबद्धताअनुसार नै उनले सेवा–सुविधाको रकम सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए ।