१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २७ मंगलबार २२:१४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

यमन गृहयुद्धमा ११ हजारभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २७ मंगलबार २२:१४:००

करिब आठ वर्षअघिदेखि चर्किएको यमनको गृहयुद्धमा ११ हजारभन्दा बढी बालबालिका मारिएको वा अपांग भएको राष्ट्रसंघले जनाएको छ । 

‘यो द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्छ,’ राष्ट्रसंघीय बाल कोष युनिसेफले भनेको छ ।

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भनिन्, ‘हजारौँ बालबालिकाले ज्यान गुमाइसकेका छन् । अन्य हजारौँ बालबालिका अझै रोकथाम गर्न सकिने रोग वा भोकमरीबाट मृत्युको जोखिममा छन् ।’
 
‘करिब २२ लाख यमनी बालबालिका गम्भीर रूपमा कुपोषित छन् । उनीहरूमध्ये एकचौथाइ पाँच वर्षमुनिका छन् भने धेरैजसो हैजा, दादुरा र अन्य खोपबाट बच्न सकिने रोगहरूको चरम जोखिममा छन्,’ युनिसेफले भन्यो ।
 
यमनमा सन् २०१४ बाट गृहयुद्ध सुरु भएको थियो । गृहयुद्ध सुरु भएलगत्तै इरान समर्थित हुथी विद्रोहीहरूले राजधानी साना कब्जा गरेका थिए । अर्को वर्ष यमनी सरकारलाई समर्थन गर्न साउदी नेतृत्वको सेनाले हस्तक्षेप गरेको थियो । 

द्वन्द्व वा असुरक्षित पिउने पानी, रोगको प्रकोप, भोक र अन्य दुष्प्रभावका कारण यमनमा लाखौँको मृत्यु भइसकेको छ ।
 
सन् २०१५ को मार्च र सन् २०२२ सेप्टेम्बरको बीचमा तीन हजार सात सय ७४ बालबालिकाको मृत्यु भएको कोषले पुष्टि गरेको छ । 

गत मेमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविराम अक्टोबरपछि भंग भएयता पनि कम्तीमा ६२ बालबालिकाको मृत्यु वा घाइते भएको युनिसेफले जनाएको छ ।
 
‘युद्धविरामको तत्काल नवीकरण मानवीय पहुँचलाई अनुमति दिने सकारात्मक पहिलो चरण हुनेछ,’ रसेलले भनिन्, ‘अन्ततः दिगो शान्तिले परिवारहरूलाई आफ्नो तहसनहस जीवन पुनरुत्थान गर्न र भविष्यका लागि योजना बनाउन अनुमति दिनेछ ।’ 

यसैबीच, युनिसेफले मानवीय संकटसँग जुध्न ४८ करोड ४४ लाख डलर सहयोगको अपिल गरेको छ ।
एजेन्सी