मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २७ मंगलबार ११:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

किम्फमा नेपाली पानोरमातर्फ ‘ह्विल्स अन द बस’ र ‘आइरन डिगर’ उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २७ मंगलबार ११:४४:००

काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भएका छन्। अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे।

अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्दैशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए।

नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो। अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो।

नेपाल पानोरमातर्फ इंगी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिंकी श्रीश रानाको ‘हजुर’ले संयुक्तरुपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे। यसपटकको किम्फमा विद्या चापागाई र कमलकुमारको फिल्म ‘हेर्ने कथा’ श्रृंखलाअन्तर्गतको फिल्म ‘बाघको बंगारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो।

यसपटकको किम्फमा माइकल पज, जिन्ना ली र किरणभक्त जोशी जुरीका रुपमा थिए। पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको अन्तिम फिल्म अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फ्लाइ फ्रम एभरेष्ट’ बन्यो।

हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरको सह–आयोजनामा भएको फेस्टिभलको बीसौं संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म स्क्रिनिङ भएका थिए। पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा  ‘दिगो आरोहण’ थियो।