मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर २६ सोमबार १३:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनमा अन्तर्घात गर्नेको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २६ सोमबार १३:३३:००

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण माग गरेकाे छ। जिल्ला सभापति तीर्थ लामाले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ को निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूको विवरण पठाउन निर्देशन दिएका हुन्।

अन्तर्घात गर्नेको विवरण कार्यसमितिबाट निर्णय गरी पुस १ गतेभित्र जिल्ला अनुशासन समितिमा पठाउन जिल्ला कार्यसमितिले प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा कार्यसमितिहरूलाई निर्देशन दिएको छ।