मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर २५ आइतबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध संरचनामाथि सिद्धार्थनगरले चलायो डोजर 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २५ आइतबार १८:३४:००

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउनका लागि ताकेता गरेकाे सिद्धार्थनगर नगरपालिकाले आइतबारदेखि डोजर चलाउन सुरु गरेको छ।

सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटक–पटक सार्वजनिक रूपमा सूचना जारी गरे पनि सर्वसाधारणले नमानेपछि पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारीले बताएन्। 

अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्कलगायत जनहितमा प्रयोग गरिने उनले बताइन्। सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाहरूको साथ, सुझाव-सल्लाह आवश्यक रहेको उपमेयर अधिकारीले बताइन्।

नगरपालिकाले आइतबार वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्ज्वल पोखरेलले बताए। 

नौडिहवा टोल विकास समितिले मोहम्मद हसन तेली घरधनी रहेको दुई वटा घर

निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी परेको आधारमा छानबिन गरी अतिक्रमण पुष्टि भएपछि संरचना भत्काइएको उनले बताए।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुईपटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

नगरपालिका क्षेत्रमा चाप बढ्दै गएको र सार्वजनिक जग्गाको अभाव भइरहेको अवस्थामा सार्वजनिक जग्गाको खोजी गरी उपयोग गर्नका लागि अभियान सुरु गरिएको उनले बताए।

सिद्धार्थनगर नगरपालिकाको नक्सा शाखा प्रमुख इन्जिनियर मानप्रसाद श्रेष्ठले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नापजाँचपश्चात् यकिन गरेर भत्काउन सुरु गरेको र अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको बताए।