मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर २४ शनिबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीकोटमा डोजर दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन बेपत्ता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २४ शनिबार १६:५३:००

कालीकोटमा डोजर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। कर्णाली करिडोरअन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला भिरमा भएको दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्। 

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था चेकजाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। डोजरमा आठजना सवार रहेका कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बताए। डोजर कर्णाली करिडोरनजिकै ८० मिटर तल कर्णाली नदीमा खसेको छ।

दुर्घटनामा परेर सान्नी त्रिवेणी गाउँपालिका– १ का ३० वर्षीय चरित्र सार्की र १६ वर्षीय युवराज बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। डोजरचालक कैलालीका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका– १ का १९ वर्षीय उमेश गिरि र १४ वर्षीय रक्तिम कार्की बेपत्ता भएका छन्।

त्यस्तै, रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका– ११ बराँतु गाउँका १४ वर्षीय आशिष भारती र विकास भारती घाइते भएका प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।