मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका रुपन्देही
२०७९ मङ्सिर २३ शुक्रबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : उपाध्यक्ष पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
२०७९ मङ्सिर २३ शुक्रबार १२:५०:००

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।

‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो, तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ। त्यसैले हामी सरकारमा जाँदैनौँ,’ उनले भने। सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए।

सरकार दलविशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले एमालेको नेतृत्वमा सरकार बन्नु  र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे। ‘जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाई रोकिन दिँदैनौँ। सुरु भएका योजना पूरा गरेर छोड्छौँ,’ उनले भने। रासस