१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २३ शुक्रबार ०८:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादीका युवा नेता रूपान्तरण अभियानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २३ शुक्रबार ०८:००:००

पार्टी र वाम आन्दोलनको भविष्य नै संकटमा पर्दै गएको निष्कर्ष निकाल्दै युवा नेताहरूले थाले छलफल

माओवादी केन्द्रका युवा नेताहरू पार्टी रूपान्तरण अभियानमा लागेका छन् । तत्काल नेतृत्वभन्दा नीति र व्यवहारमा रूपान्तरण आवश्यक रहेको उनीहरूको भनाइ छ । पार्टी र वाम आन्दोलनको भविष्य नै संकटमा पर्दै गएको निष्कर्ष निकाल्दै युवा नेताहरूले नयाँ पुस्तासँग छलफल थालेका छन् । 

युवा नेताहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा, रामदीप आचार्य, डिपी ढकाल, रञ्जित तामाङलगायतले बिहीबार जनवर्गीय संगठनहरूसँग सुझाब लिएका छन् ।

छलफलमा जनसंगठनका उपलब्ध नेतृत्व र प्रतिनिधित्व थियो । जनसंगठनका नेताहरूले सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्ने र जनजीविकाको सवालमा विशेष ध्यान दिनुपर्ने सुझाब दिएका छन् । संगठन निर्माणमा मसिनो ढंगले लाग्नुपर्ने पनि उनीहरूको सुझाब छ । माओवादी अन्य पार्टीभन्दा भिन्न किन भएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने सुझाब जनसंगठनका नेताहरूले दिएका छन् ।