१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर २२ बिहीबार १२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा देशकै पहिलो रेफरल जनस्वास्थ्य प्रयोगशाला सञ्चालन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर २२ बिहीबार १२:०१:००

प्रदेश १ मा देशमै पहिलोपटक आधुनिक रेफरल जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ। विराटनगर महानगरपालिका– १४ मा प्रदेश सरकार र दातृ निकाय  ‘सेभ द चिल्ड्रेन’को सहयोगमा कुल १० करोड ५० लाख रुपैयाँ लागतमा आधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।

बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रयोगशालाको उद्घाटन गरेका छन्। सञ्चालनमा आएको उक्त जनस्वास्थ्य प्रयोगशालाले प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्नेछ। प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले सो प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको बताइएको छ।

यसले प्रयोगशाला स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्रयोगशालाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने, गुणस्तर सुधार गर्ने, मापन र तिनीहरूलाई प्रमाणित गर्ने, सर्वसाधारणलाई न्यूनतम लागतमा प्रयोगशाला सेवाहरू उपलब्ध गराउने तथा चिकित्सा क्षेत्रमा अनुसन्धान र विकास गर्ने लगायतका कार्य गर्ने प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले बताए।

प्रयोगशालालाई जनस्वास्थ्यबारेको उत्तम अनुसन्धान केन्द्रको रूपमा अगाडि बढाउने कार्यमा प्रदेश सरकारले उचित बजेट विनियोजन गरेमा  धेरै लाभ लिन सकिने प्रयोगशाला प्रमुख जैवेन्द्र यादवले बताए। ग्लोबल फन्डको सहयोगमा स्थापना भएको यो प्रयोगशालाले एचआइभी, क्षयरोग र मलेरियाको मात्र नभई सम्पूर्ण रोगहरूको समयमै पहिचान, उपचार र निराकरणमा सहयोग पुर्‍याउने सेभ द चिल्ड्रेनका पूर्वफिल्ड कार्यालयका एसोसिएट डाइरेक्टर डा. अजय कान्तले बताए।