मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२६ लाइसेन्स निलम्बनका लागि सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार २०:०६:००

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारीचालक अनुमति पत्र(लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन ०४९ र नियमावली ०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँचपटक भन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारीचालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो। 

निलम्बनका लागि पठाइएकामध्ये एक चालकले ३८ पटकसम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सहप्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।