मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपेन्द्र अधिकारी
२०७५ चैत १९ मंगलबार ०६:४२:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्पले भत्किएका घर हेर्न  गाउँगाउँमा इन्जिनियर 

Read Time : < 1 मिनेट
दीपेन्द्र अधिकारी
२०७५ चैत १९ मंगलबार ०६:४२:००

प्रमाणीकरणमा छुटेका भूकम्पपीडितको गुनासो सम्बोधन गर्न इन्जिनियर गाउँगाउँमा पुगेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत इन्जिनियर चितवन र नवलपुरका घरघरमा पुगेका हुन् । 

चितवनमा सात हजार तीन सय ३५ भूकम्पपीडित प्रमाणीकरण भएका थिए । त्यसमा छुटेको भन्दै्र ६ हजार १८ जनाले गुनासो दर्ता गरेका थिए । त्यसलाई प्रमाणीकरण गर्न सोमबारदेखि इन्जिनियर चितवनका गाउँमा खटिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ चितवनका इन्जिनियर सुजन नेपालले बताए । 

सबै स्थानीय तहमा आवश्यकताअनुसार इन्जिनियर खटिएका छन् । कतिपय स्थानीय तहमा उनीहरूले काम सुरु गरिसकेका छन् । सबै स्थानीय तहमा दुई दिनभित्रै काम प्रारम्भ हुने जनाइएको छ । गुनासाका आधारमा निश्चित मापदण्डभित्र रही घरको मूल्यांकन गरिने अर्का इन्जिनियर सुवास न्यौपानेले बताए । 

चितवनमा पूर्ण क्षति भएका सात हजार तीन सय ३५ मध्ये पाँच हजार आठ सय सात पीडितले पहिलो किस्ता लिएका छन् । त्यस्तै, दोेस्रो किस्ता लिने तीन हजार आठ सय १० र तेस्रो किस्ता लिने दुई हजार एक सय ७९ रहेका छन् । तेस्रो किस्ता लिनेहरूको घर तयार भएको हो ।  त्यस्तै, पाँच सय ९३ घरमा आंशिक क्षति पुगेको थियो । अहिले ६ हजार १८ ले आफू पनि पीडित भएको गुनासो गरेका छन् । 

नवलपुरमा पनि सुरु
यसैगरी, नवलपुर र नवलपरासीमा पनि १५ चैतदेखि छुटेका भूकम्पपीडितको घरमै पुगेर परीक्षण गर्न थालिएको छ । सबै स्थानीय तहमा परीक्षण सुरु भएको कार्यालयप्रमुख राजेन्द्र कार्कीले बताए । सोमबारसम्म ९० घरको परीक्षण गरिएको उनले बताए । १५ दिनभित्र परीक्षण गरिसकिने जनाएको छ । यहाँ एक हजार सात सय गुनासो दर्ता भएका छन् ।