१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १३:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज सर्वोच्च फर्कँदै प्रधानन्यायाधीश जबरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १३:०२:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च फर्कने भएका छन्। संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव निश्कृय भएसँगै उनी सर्वोच्च फर्कन लागेका हुन्।

अदालतको ब्रेक टाइमपछि पुग्ने गरी निस्कन लागेको जबराले नयाँ पत्रिकासँग बताएका छन्। महाअभियोग निष्क्रिय बनेसँगै जबरा करिब ९ महिनापछि सर्वोच्च फर्कन लागेका हुन्।

यद्यपि, जबरा फर्कने औपचारिक पत्र भने सर्वाेच्चमा आइनसकेकाे एक अधिकारीले बताए। ‘हामीलाई औपचारिकरुपमा यसविषयमा पत्र आएको छैन। केहीबेर अघि मात्र आएको थियो भने भन्न सकिन्न,’ उनले भने। यस विषयमा बुझ्न खोज्दा सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालको फोन उठेन।