मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७९ मङ्सिर २१ बुधबार ०७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गरेर टाउको बोकेर भाग्दै गरेका श्रीमान पक्राउ

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ मङ्सिर २१ बुधबार ०७:२०:००

सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका– ३ स्थित तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आलेमगर  श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । 

हत्यापछि मगर श्रीमतीको टाउको प्लास्टिककाे झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मीना आलेमगरलाई  हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाइटे स्वास्थ्यचौकीनजिकबाट  प्रहरीले उनलाई पक्राउ गरेको हाे । आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मगर एक वर्षअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।