मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर १९ सोमबार २०:१७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पिएफसी इमर्जिङ कप : अमर मावि र सोनाम एकेडेमी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार २०:१७:००

पश्चिम चितवनमा जारी पिएफसी इमर्जिङ कप २०७९ मा अमर मावि पटिहानी र सोनाम जीव एकेडेमी जगतपुर सेमिफाइनलामा पुगेका छन्। 

आजदेखि सुरु भएको क्वार्टरफाइनल खेलमा अमर माविले चतुर्मुखी मावि शक्तिखोरलाई १–० गोलअन्तरले हरायो। यस्तै, सोनाम जीव एकेडेमीले ब्राइटस्टार आवासीय मावि पटिहानीलाई २–० ले हरायो। 

भोलि नारायणी नमुना मावि र श्वमेश्वर मावि तथा सनराइन स्कुल र आदिकवि भानुभक्त माविबीच प्रतिस्पर्धा हुँदै छ। 

भरतपुर १४ को सुन्दरवस्ती खेलमैदानमा ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो। क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले प्रतियोगितामा चितवनका ३२ माध्यमिक विद्यालय सहभागी रहेको जानकारी दिए। 

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रथम हुने टिमले ४० हजार, उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। पौडेलका अनुसार सेमिफाइनल पुग्ने दुई टिमलाई नगद पाँच–पाँच हजारसहित अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहितको पुरस्कृत गरिनेछ।