रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जर्मन समकक्षी ओलाफ स्कोल्जलाई युक्रेनको पूर्वाधारमा मस्कोको आक्रमण अपरिहार्य भएको बताएका छन्। उनले यसका पछाडि पश्चिमाहरूको विनाशकारी नीतिहरू जिम्मेवार रहेको बताएका हुन्।
क्रेमलिनका अनुसार जर्मनीलगायत पश्चिमी राष्ट्रहरूको विनाशकारी नीतिले भिभलाई हतियारहरू प्रदान गर्दै सैनिकलाई प्रशिक्षण दिइरहेकाले वातावरण झन् बिग्रेको छ।
मस्कोले पश्चिमा शक्तिको आडमा किभले फैलाएको उत्तेजितको प्रतिक्रियास्वरूप पूर्वाधारमाथि आक्रमण लागि बाध्य र अपरिहार्य बनेको प्रतिक्रिया दिएको छ।
मस्कोले हालैका हप्ताहरूमा युक्रेनका ऊर्जा ग्रिडहरूमा प्रहार गरेको छ। जाडो नजिकिँदै गर्दा लाखौँ मानिस चिसो र अँध्यारोमा बस्न विवश भएका छन्।
पुटिनले किभले पश्चिमी सहयोगीहरूबाट राजनीतिक र आर्थिक सहयोग लिइरहेका कारण वार्ताबाट समस्या समाधान गर्न अस्वीकार गरेको आरोप लगाए।